गौर हत्याकाण्ड : उपेन्द्रमाथि अनुसन्धान गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले २०६३ सालमा रौतहटको गौरमा भएको २७ माओवादी कार्यकर्ताको हत्याको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ। त्रिभुवन साहले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सरकारी वकिलको कार्यालय रौतहट र जिप्रका रौतहटका नाममा आदेश दिएको हो। साहले तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा हाल जसपा…