बालेनविरुद्ध युवराज सफलले अख्तियारमा दिए उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अधिवक्ता युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । महानगरपालिकाको कार्यालयमा जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबीसहित अधिवक्ता सफलले अख्तियारमा उजुरी दिएका हुन् । “काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेकोप्रति म उजुरीकर्ताको विरोध होइन । तर, लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा (११…