काठमाडौं। कोशीटप्पु वन्यजन्तु आरक्षको विस्तारका कारण विस्थापित भएका परिवारका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जग्गा सट्टापट्टाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ९५ वर्षीया कमलकुमारी पोखरेलसहित विस्थापित परिवारका प्रतिनिधिहरूले ज्ञापन बुझाउँदै, ४८ वर्षअघि आरक्ष विस्तार गर्दा सरकारसँग भएको भद्र सहमतिको स्मरण गराएका हुन्। सो सहमति अनुसार घरजग्गाको सट्टा उपलब्ध गराइने प्रतिबद्धता गरिएको…