काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको छ । सोमबार विभिन्न प्लेकार्डसहित केबलकारविरोधी समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् । उनीहरूले असक्षम गृहमन्त्रीले राजीनामा दे!, नो केबलकार, हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन, सीडीओ…