गभर्नर नियुक्ति गैरकानुनी भन्दै डा. पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वराज पौडेलको नियुक्ति गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्चमा रिट दायर गर्दै नियुक्ति बदरको माग गरेका हुन्। रिट निवेदनमा राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नरको लागि आवश्यक आर्थिक, मौद्रिक, वाणिज्य वा बैंकिङ क्षेत्रमा…