काठमाडौं । तराई मधेस केन्द्रीत दलहरूले मोर्चा गठनको तयारीलाई तिब्रता दिएका छन् । संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराई मधेस केन्द्रीत दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन् । जसअनुसार मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैछ । साे बैठकमा अशाेक राई नेतृत्वकाे जनता समाजवादी पार्टीबाट रेणु यादव र…