सरकारसँग भएको ९ बुँदे सहमति महत्वपूर्ण उपलब्धि भएको शिक्षक महासंघको भनाइ

काठमाडौं । नेपालको शिक्षक महासंघले सरकारसँग भएको ९ बुँदे सहमतिलाई महत्वपूर्ण उपलब्धि भनेको छ । महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक स्टेटमेन्ट जारी गरी शिक्षकको काठमाडौं केन्द्रित २९ दिन लामो आन्दोलनले सफलता पाएको बताएका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो । उनले शिक्षा ऐन जारी गर्ने लिखित प्रतिवद्धता गराइएको…