काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विभाजनले माओवादी आन्दोलनलाई कमजोर बनाएको भन्दै अब माओवादी धाराहरूबीच एकता अपरिहार्य भएको बताएका छन्। माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा बलिदान दिने शहीद, बेपत्ता योद्धाका परिवार, घाइते तथा अपाङ्ग योद्धाहरूको…