काठमाडौं । रास्वपाले आफ्नो निर्वाचन क्षेत्र समिति अन्तर्गतका एक पदाधिकारीलाई निलम्बन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई सोमबारको निर्णयले तीन दिनका लागि निलम्बन गरेको हो । उनले बिना अनुमति केन्द्रीय नेतासँगको भेटका क्रममा मोबाइलमार्फत गोप्य रूपमा भिडियो रेकर्ड गरेको पाइएको छ । ती पदाधिकारीमाथि अनुशासनात्मक कारबाहीस्वरूप अस्थायी निलम्बन गरिएको बताइएको छ ।…