प्रतिनिधि सभा सदस्यलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयले आगामी जेठ १० गतेभित्र सम्पत्ति विवरण अनिवार्य रूपमा संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको हो । सचिवालयकाअनुसार प्रतिनिधि सभा सदस्यहरूले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण बुझाउनुपर्नेछ । सार्वजनिक पद धारण…