काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई हत्याको र बलात्कारको धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरूङले संसद भित्रै उनीसँग कुराकानी गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठक चलिरहँदा सुधनले खुश्बु ओली बसेको प्रतिपक्षी बेन्चमै गएर उनीसँग कुराकानी गरेका हुन् । ‘तपाईंलाई धम्की दिनेहरूलाई कारबाही गर्छौं भन्नुभयो। मैले कारबाहीको प्रक्रियामा…