काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । ज्ञापनपत्र बुझाउन जाने क्रममा धेरै जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ । एमालेको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–बबरमहल…