पूर्वराजाले आश नगरे हुन्छ, अब गणतन्त्र हट्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा मानव अधिकार विभागले गरेको कार्यक्रममा बोल्दै देउवाले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका धेरै नेपालीहरूले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताए । अब यो व्यवस्था हट्न नसक्ने भन्दै…