काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली काँग्रेसका सचेतक निष्कल राईले उक्त आरोप लगाएका हुन् । उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्ष दलहरूले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरे…