काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले हिजो मंगलबार साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण गर्दा निवर्तमान कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल भने स्वागत कार्यक्रममा अनुपस्थित रहिन् । बरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल १५ दिन बिदामा बस्ने भएकी छन् । मंगलबारदेखि सर्वोच्च अदालतमा मल्लको कार्यकक्षसमेत परिवर्तन गरिएको र कामु प्रधानन्यायाधीशको जिम्मेवारी सकिएका कारण उनी दुईहप्ता विदामा बस्न…