शेखर कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका अनमिनका नेपाल प्रमुख इयान मार्टिनबीच भेटवार्ता भएको छ । बेलायतको भ्रमणमा रहनुभएका डा. कोइराला र मार्टिनबीच नेपालको शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको थियो । भेटमा मार्टिनले अहिलेसम्म पनि नेपालको शान्ति प्रक्रिया नटुंगिएकाले यसलाई चाँडोभन्दा चाँडो टुंगाेमा पुर्‍याउन सुझाव…