काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारी’ अभियान शुरु गर्ने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन शुरु गर्न लागेका हुन् । एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक शुरु हुँदैछ ।…