नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्षको पाँच लाख मानिसलाई रोजगारी दिनुपर्ने अवस्था रहेको बताएका छन् । नवलपरासीको प्रतापपूर २ स्थित आदर्श क्याम्पसमा बिहीबार भएको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले चाहेर पनि पाँच लाख मानिसलाई रोजगारी दिन नसक्ने बताए । महामन्त्री थापाले भने, ‘वर्षको करिब पाँच लाख मानिसलाई नेपालमा रोजगारी दिनुपर्छ । कोही प्रधानमन्त्री भयो…