कांग्रेस-एमालेबीच राजदूत भागबण्डा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन्। सत्ताको नेतृत्व गरिरहेको एमालेबाट चीन, बेलायत र रुसका लागि राजदूत नियुक्ति हुनेछन् भने काँग्रेसले भारत, अस्ट्रेलिया, जापान, साउदी अरबको राजदूत लिने सहमति बनेको बताइएको छ…