दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी

काठमाडौं । थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी जारी गरिएको छ । साइबर अपराधसम्बन्धी कसुरमा थुनामा रहेका उनलाई काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानमा रहेका आफूलाई लरेन्स विश्नोई समूहको सदस्य बताउने हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएको थियो…