रवि लामिछानेलाई सरकारी वकिलकाे कार्यालय रुपन्देही पुर्‍याइयो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीको अनुसन्धानकाे बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्‍याइएको छ । लामिछानेलाई पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२:२० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएकाे थियाे । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको हाे । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि…