काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को बैठक यथाशीघ्र आह्वान हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सभापति खतिवडाले संसद् समयमा सञ्चालन नहुँदा कतिपय विधेयक अलपत्र परेकाे बताए । सरकारले…