काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा भोलि (शुक्रबार) बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकृत गर्ने भएको छ । गत २१ फागुनमा सम्पन्न निर्वाचनमा व्यहोर्नु परेको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए । शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने तय भएको छ ।…