एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १६६३ मत ल्याएर विजयी हुँदा पोखरेलले ५६४ मत ल्याएका हुन् ।