काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले करका दरहरू सचेत भएर चलाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै उनले भने, ‘राजस्वका दरहरू निकै कम क्षेत्रमा तथ्य संगत ढंगले चलाएका छौं । आफ्नो उत्पादन तथा उद्योगलाई संरक्षण गर्ने गरी करका दरहरू चलाएका…