काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् । पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न अध्ययन कार्यदल गठन गरेको छ ।…