प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीकाे प्रधानमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । सर्वोच्चको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । ओलीलाई संविधानको गलत धारा प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको भन्दै २०८१ साउन १४ गते तीन वटा रिट संवैधानिक इजलासमा दर्ता…