कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असारे विकास पूर्णरुपले निरुत्साहित गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कँडेलले असार १ गतेभन्दा उता विनियोजित स्वीकृत योजना सम्झौता, कोटेसन र त्यही वर्ष कार्यान्वयन गर्ने गरी ‘टेन्डर’ गर्ने कुरा पूर्णरुपले बन्द गर्नुपर्ने बताए । उनले भने, “चालु आवका स्वीकृत योजना जेठसम्म सम्झौता गर्नुपर्नेछ ।…