सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बागमती प्रदेशसभाका विषयमा छलफल गर्नका लागि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । नेपाली काँग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो ।…