एमाले नेताहरुबीच बालकोटमा छलफल : भोलिसम्म कांग्रेससँग गठबन्धन सरकार बन्ने दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई बालकोट बोलाएर छलफल गरिरहेका छन् । स्रोतका अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा छन् । समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भइरहेको बताइएकाे छ । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा एमालेको तर्फबाट महासेठले नै नेतृत्व गरिरहेका छन् । एमाले…