वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसले निरन्तर बमबारी गरिरहेकोमा आक्रोश व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्ण रूपमा पागल भइसकेको पनि उनले भने । रुस विरुद्ध थप प्रतिबन्ध लगाउने बारेमा विचार गरिरहेको उनले बताएका छन् । ‘पुटिनसँग मेरो सधैँ धेरै राम्रो सम्बन्ध रहँदै आएको छ, तर उनलाई केही भएको छ…