काठमाडौं । दक्षिण कोरियाले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको छ । त्यहाँको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम पारिश्रमिक २ दशमलव ९ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यसबाट श्रमिकको जीवनस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको दक्षिण कोरियाको श्रम मन्त्रालयका अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मन्त्रालयका अनुसार…