काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तमा गएराति भएको बस दुर्घटनामा कम्तीमा ७३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १७ जना बालबालिका रहेका बीबीसीले जनाएको छ । इरानबाट निर्वासित अफगान आप्रवासी बोकेको बस, ट्रक र मोटरसाइकलसँग ठोक्किँदा आगलागी भएको थियो । बसमा सवार सबै यात्रुको ज्यान गएको छ भने ट्रक र मोटरसाइकल चालकले ज्यान गुमाएका छन्…