थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सोमबार सम्बोधन गर्दै मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा धारणा राखेका छन् । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गरेका छन्…