काठमाडौँ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा विगत एक वर्षदेखि जारी युद्धमा ४३ हजारभन्दा बढीको मृत्यु भएको जानकारी दिएको छ । जसमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो दुई दिनमा अस्पतालमा ल्याइएका ९६ जनाको मृत्यु भएको छ । यसैबीच, इजरायली सेना (आईडीएफ) ले उत्तरी गाजामा गत साताको अन्त्यमा अस्पतालमा भएको आक्रमण…