काठमाडौं । टर्किएमा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु औपचारिक रूपमा पक्राउ परेका छन् । विपक्षी नेता इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुभएको बीबीसीले जनाएको छ । उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दाेगानका प्रतिद्वन्द्वी इमामोग्लुलाई २०२८ को राष्ट्रपति उम्मेदवारका रूपमा छनोट हुनुभन्दा केही दिनअघि बुधवार पक्राउ गरिएको थियो…