काठमाडौँ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले राजीनामा दिएका छन् । रसियाले युक्रेनमा भिषण मिसाइल आक्रमण गरिरहेको बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेपछि कुलेबाले राजीनामा दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रुससँगको लडाइका क्रममा कुलेबा राष्ट्रपति जेलेन्स्कीका प्रमुख सहयोगी रहेका थिए । खासगरी उनले अन्तर्राष्ट्रिय समुदायसँग गरेको सहकार्यको निकै प्रसंशा गरिएको थियो…