युक्रेनमा रुसी आक्रमणबाट १३ जनाको ज्यान गयो

काठमाडौं । युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् । रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । आक्रमणपछि सार्वजनिक भएको भिडियोमा एउटा भवनमा आगो लागेको र केही गाडी जलेको देख्न सकिन्छ । युक्रेनका राष्ट्रपति…