जलवायु परिवर्तनको असर बाल स्वस्थ्यमा

काठमाडौं । विश्व बाल दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइएकाे छ । यसैक्रममा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कटका कारण प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीति र कार्यक्रमको कार्यान्वयनलाई प्राथमिकता दिने बताएका हुन् ।…