फ्रान्स । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीका अनुसार डुङ्गा फ्रान्सेली सहर विसान्टमा दुर्घटना भएको थियो भने उद्धारकर्मीले अन्य ६५ जनालाई सकुशल उद्धार गरेका छन् । पछिल्लो डुङ्गा दुर्घटनासँगै यस वर्ष च्यानल पार…