काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसको भित्री भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका छन् । कार्यकाल सकिन दुई महिना मात्र बाँकी रहेको र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने बताइरहेका बेला बाइडेनले युक्रेनलाई आक्रमणको अनुमति दिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यसअघि प्रयोग गर्न बन्देज गरिएका लामो दूरीका मिसाइल रुसी भूमिमा हान्न बाइडेनले…