काठमाडौं । विश्वका सबैजसो महासागरहरू प्रदूषित हुँदा समुद्री जीव र वनस्पति संकटमा पर्न थालेका एक अध्ययनले जनाएको छ । पृथ्वीमा बढ्दो विषादीको प्रयोग, कार्बन उत्सर्जन र प्लास्टिकको प्रयोगले गर्दा समुद्रको पानीमा अम्लीयपन बढेको पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) को प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले समुद्रको जीवनलाई निरन्तरता दिने क्षमता कायम राख्न महत्त्वपूर्ण नौ…