ढाका । नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दीन,सैन्य नेताहरू र आन्दोलित विद्यार्थी समूहका प्रमुखहरू बीचको बैठकले यो निर्णय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विद्यार्थी नेतृत्वको आन्दोलन व्यापक अशान्तिमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले राजिनामा दिएको एक दिनपछि यो निर्णय…