इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने

तेहरान । इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्ने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएका छन् । “राष्ट्रपतिको शपथ ग्रहण समारोह अगस्ट ४ वा ५ मा हुनेछ,” संसदीय बोर्डका सदस्य मोजताबा योसेफीलाई उद्धृत गर्दै आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ । “राष्ट्रपतिले आफ्ना प्रस्तावित मन्त्रीहरूलाई विश्वासको मतका लागि संसद्‌मा…