टोकियो । जापानको अर्थतन्त्रमा गत वर्षको तेस्रो र चौथो त्रैमासिक अवधिमा लगातारको सङ्कुचन देखाएको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले यहाँको आर्थिक मन्दीलाई संकेत गरेको छ । कमजोर खर्चका कारण अक्टोबर–डिसेम्बरको अवधिमा अर्थतन्त्र ०.४ प्रतिशतको दरले खुम्चिएको तथ्याकले देखाएको छ । यसैबीच, जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ किनभने सन् २०२३ का लागि उसको कूल…