७३ वर्षीय नरेन्द्र मोदी संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्य बनाउन विगत १० वर्षदेखि प्रयासरत छन् । उनले भारतलाई ग्लोबल साउथको नेता र आफूलाई मुख्य प्रवक्ताको रूपमा प्रस्तुत गर्दै आएका छन् । लोकसभामा उनको समर्थन घटे पनि उनले थप पाँच वर्ष प्रधानमन्त्री बनेमा उनको हैसियत बलियो हुनसक्छ किनभने उनी विश्वका नेताहरूमा निकै वरिष्ठ मानिनेछन्…