हेबेई (चीन) । खानाको अभाव टार्न र हिउँदे चीसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी आप्रवासी चरा आएका छन् । यसले स्थानीय पारिस्थितिकीय वातावरणमा सुधार आएको सङ्केत गरेको छ । ‘हेङशुई लेक नेसनल नेचर रिजर्भ’का कर्मचारी झाङ युगुआङले भने, “मुख्यतया यहाँको पानीको गुणस्तर, विशाल पानीको क्षेत्र…