गाजा । गाजाका अस्पतालहरूको भ्रमण गरेपछि त्यहाँ इजरायलको बमबारीमा कुनै कमी नआएको संयुक्त राष्ट्रका एक अधिकारीले बताएकी छन् । गाजाका अस्पतालहरूको अवस्था अत्यन्तै खराब छ भने उनीहरूलाई आवश्यक औषधि र सामानहरू आपूर्ति गर्न संघर्ष भइरहेको छ । संयुक्त राष्ट्र संघको मानवीय संस्था ओसीएचएकी जेम्मा कोनेलले बीबीसीसँग कुराकानी गर्दै सोमबार मध्य गाजाको अल-अक्सा अस्पतालमा देखेको कुरा…