गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै विपक्षी दलका आधाभन्दा बढी सांसदलाई भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ । निलम्बित एक सय ४१ सांसद आगामी वर्षको सुरुमा हुन गइरहेको आम निर्वाचनमा लड्न गठित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए–इन्डिया) भनिने २६ दलको विपक्षी समूहका हुन् । डिसेम्बर १३ मा एक…