सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्‍यापरलाई मृत्युदण्ड

काठमाडौँ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको वकिलले यसको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ । २०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । सालेहीका वकिलले सजायविरुद्ध अपील गर्ने बताएका छन् । यसबारे इरानी…