दोहा । इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ । उसले स्थिति ‘अत्यन्त जटिल’ बनेको चेतावनीसमेत दिएको छ । अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानहरूको पवित्र महिना रमजान सोमबार व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना सुरु भयो ।…