लन्डन । बेलायती सरकारले विदेशी सरकारहरूलाई बेलायतमा अखबार र पत्रिकाको स्वामित्वमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ। युनाइटेड अरब इमिरेटस समर्थित फर्म रेडबर्ड आईएमआईद्वारा डेली टेलिग्राफ र स्पेक्टेटरको प्रस्तावित अधिग्रहण विवाद भइरहेको बेला यो घोषणा भएको हो । डिजिटल मार्केट ऐनमा संशोधनको रूपमा संसदमा पेश गरिएको नयाँ कानूनले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने उद्देश्य राखेको छ।…